नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका क्रिकेटरहरुको ग्रेड विभाजन गरेको छ।
अध्यक्ष चतुरबहादुर चन्दको अध्यक्षतामा मंगलबार पोखरामा बसेको क्रिकेट संघको बोर्ड बैठकले खेलाडीहरुको ग्रेड विभाजन गरेको हो।
क्यानले गरेको ग्रेड विभाजनअनुसार पुरुष खेलाडीहरुतर्फ पाँचजना ‘ए’मा परेका छन्।
ग्रेड ‘ए’मा रोहित पौडेल, सोमपाल कामी, करण केसी, दिपेन्द्रसिंह ऐरी र आशिफ शेख परेका छन्।
तर राष्ट्रिय टोलीका पूर्वकप्तानसमेत रहेका ज्ञानेन्द्र मल्ल ग्रेड ‘बी’मा झरेका छन्। उनीसँगै ग्रेड ‘बी’ मा आरिफ शेख र कुशल भुर्तेल रहेका छन्।
ग्रेड ‘सी’मा कमलसिंह ऐरी, विनोद भण्डारी, गुलशनकुमार झा, अर्जुन साउद, अविनाश बोहरा, ललितनारायण राजवंशी, कुशल मल्ल, देव खनाल, सागर ढकाल र विवेक यादव रहेका छन्।
महिला राष्ट्रिय टोलीका सदस्यहरुतर्फत रुविना क्षत्री, सीता रानामगर र इन्दु बर्मा ग्रेड ‘ए’ मा परेका छन्।
त्यस्तै ग्रेड ‘बी’मा काजोल श्रेष्ठ, कविता कुँवर र अस्मिना कर्माचार्यलाई राखिएको छ।
कुन खेलाडी कुन ग्रेडमा?
क) ग्रेड ए-१) रोहित पौडेल २) सोमपाल कामी ३) करण केसी, ४) दिपेन्द्र सिंह ऐरी ५) आशिफ शेख
ख) ग्रेड बी-१)आरिफ शेख, २) कुशल भुर्तेल, ३) ज्ञानेन्द्र मल्ल
ग) ग्रेड सी-१) कमल सिह ऐरी, २)विनोद भण्डारी, ३) गुलशन कुमार झा, ४) अर्जुन साउद, ५) अविनाश बोहरा,
६) ललित नारायण राजवंशी, ७) कुशल मल्ल, ८) देव खनाल ९) सागर ढकाल, १०) विवेक यादव
महिला खेलाडीतर्फ
क) ग्रेड ए-१) रुविना क्षत्री, २) सीता रानामगर, ३) इन्दु बर्मा
ख) ग्रेड बी-१) काजोल श्रेष्ठ, २) कविता कुँवर, ३) अस्मिना कर्माचार्य
ग) ग्रेड सी-१) कविता जोशी, २) विन्दु रावल, ३) संगीता राई, ४) ममता चौधरी ५) ज्योति पाण्डे ६) अप्सरी बेगम
Shares
प्रतिक्रिया