नेपाल नागरिक उड्डयन प्राधिकरणले विराटनगर विमानस्थलमा ब्यागेजको लागि कन्भेयर बेल्ट सञ्चालनमा ल्याएको छ।
प्राधिकरणले आन्तरिक विमानस्थलमा यात्रुको सुविधाको लागि आगमन कक्षमा कन्भेयर बेल्ट प्रयोगमा ल्याएको जनाएको छ।
‘विभिन्न आन्तरिक विमानस्थलहरुमा यात्रुको सेवासुविधा अभिवृद्धि गर्ने उद्देश्यले आज विराटनगर विमानस्थलको आगमन कक्षमा २४०० देखि ३००० लगेज प्रतिघण्टा क्षमताको कन्भेयर बेल्टको समुद्घाटन भएको छ’, प्राधिकरणले भनेको छ।
प्राधिकरणले पहिलो चराणमा नेपालगञ्ज, धनगढी र विराटनगरमा कन्भेयर बेल्ट राख्ने योजना बनाएको थियो।
78
Shares
प्रतिक्रिया