अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकज विक्रम नेम्वाङ एसियाली फुटबल संघको सदस्यमा निर्वाचित भएका छन्।
बुधबार बहराइनमा सम्पन्न ३३औँ एएफसी कंग्रेसको निर्वाचनमा नेम्वाङ सदस्यमा निर्वाचित भएका हुन्।
एन्फाका पुर्वअध्यक्ष गणेश थापापछि नेम्वाङ एफसीको सदस्यमा निर्वाचित भएका हुन्।
एएफसीको अध्यक्षमा भने शेख सलमान विन अब्राहिम अल खालिफा पुनः निर्वाचित भएका छन्।
शेख सलमान सन् २०२७ सम्मका लागि अध्यक्षमा निर्वाचित भएका हुन्।
18
Shares
प्रतिक्रिया