बंगलादेशमा सुरु साफ यू २० महिला च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा नेपाल घरेलु टोलीसँग पराजित भएको छ।
ढाकास्थित वीर श्रेष्ठ शहिद सिपाही मुस्तफा कमल स्टेडियममा भएको खेलमा नेपाल बंगलादेशसँग ३–१ गोल अन्तरले पराजित भएको हो।
आजै भएको पहिलो खेलमा भारतले भुटानलाई १२–० गोलको फराकिलो अन्तरले पाखा लगाएको थियो।
च्याम्पियनसिपको दोस्रो खेलमा नेपालले आइतबार भुटानसँग खेल्नेछ सोही दिनको अर्को खेलमा बंगलादेश र भारत भिड्नेछन्।
चार टोली सहभागी च्याम्पियनसिपको शीर्ष २ मा रहने टोलीले उपाधिका लागि खेल्नेछन्।
45
Shares
प्रतिक्रिया