ad ad

खेल


प्रारम्भिक टोलीमा नपरेकी रजनी ३३ सदस्यीय टोलीमा, ११ खेलाडी बाहिरिए

प्रारम्भिक टोलीमा नपरेकी रजनी ३३ सदस्यीय टोलीमा, ११ खेलाडी बाहिरिए

नेपालखबर
माघ २०, २०७९ शुक्रबार २२:२५, काठमाडौँ

भारतमा हुने मैत्रीपूर्ण खेलका लागि प्रारम्भिक टोलीमा रहेका ११ खेलाडी बाहिरिएका छन्। 

मुख्य प्रशिक्षक अनन्तराज थापाले प्रशिक्षणमा रहेका ४३ जनामध्येबाट ११ खेलाडीलाई बाहिर राख्दै ३३ सदस्यीय टोली घोषणा गरेका छन्। प्रारम्भिक टोलीमा नपरेकी रजनीले भने अन्तिम ३३ मा स्थान बनाएकी छिन्। 

नेपालले आगामी फागुन १ गतेदेखि १३ गतेसम्म भारतमा दुई मैत्रीपूर्ण खेल खेल्नेछ। भारतीय फुटबल संघको प्रस्तावमा नेपाली टोलीले दुई मैत्रीपूर्ण खेल खेल्न लागेको हो।

प्रारम्भिक टोलीबाट कविता विक, कविता धिमाल, खुस्मा राई, मनिका कुस्वार, सुनिता चौधरी, सिर्जना सिंह ठकुरी, हिमा चौधरी, मेनुका आले मगर, कुसुम खतिवडा, सञ्जु कुमाल, अनुष्का शेर्पा बाहिरिएका छन्। 

३३ सदस्यीय टोलीः
गोलरक्षकः एन्जिला तुम्बापो सुब्बा, अन्जना राना मगर, उषा नाथ, सपना राई

डिफेन्डरः, हिरा कुमारी भुजेल, घिम कुमारी गुरुङ, गंगा गुरुङ, अमृता जैसी, गीता राना, निशा थोकर, विमला विक, समिक्षा घिमिरे, अन्जली वाइबा, सिर्जना चेम्जोङ

मिडफिल्डरः विमला चौधरी, मन्जली कुमारी योन्जन, सविता रानामगर, सरु लिम्बु, सरस्वती हमाल, दिपा शाही, रेनुका नगरकोटे, सरस्वती ऐर, अनिता बस्नेत, दिपा न्यौपाने, अनिता केसी
 
फरवार्डः अमिषा कार्की, रेखा पौडेल, सावित्रा भण्डारी, रश्मी कुमारी घिसिङ, रजनी थोकर, निर्मला विक, चन्द्रा भण्डारी, प्रीति राई

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .