ad ad

खेल


कीर्तिमानी विजेता पीएसजी मार्सेलीसँग हार्‍यो

कीर्तिमानी विजेता पीएसजी मार्सेलीसँग हार्‍यो

नेपालखबर
माघ २६, २०७९ बिहिबार ८:९, काठमाडौँ

फ्रेन्च लिग १ को कीर्तिमानी १४ पटकको विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) मार्सेलीसँग स्तब्ध भएको छ। 

गएराति घरेलु मैदानमा भएको खेलमा मार्सेलीले पीएसजीलाई २–१ गोल अन्तरले हराएको हो।

खेलको ३१औँ मिनेटमा आर्सनलका पूर्वस्टाइकर एलेक्सिस सान्चेजको पेनाल्टी गोलमा मार्सेलीले सुरुवाती अग्रता लिएको थियो। पीएसजीका सर्जियो रामोसले फउल गरेपछि रेफ्रिीले घरेलु टोलीलाई पेनाल्टीको मौका दिएका थिए। 

पहिलो हाफको अतिरिक्त समयमा सर्जियो रामोसले गोल गर्दै खेललाई बराबरी ल्याए। तर खेलको ५७औँ मिनेटमा युक्रेनका मिडफिल्डर रुस्लान मालिनोचस्कीले गोल गर्दै मार्सेलाई अगता दिलाएका थिए।

लियोनल मेस्सी र नेयमारलाई मैदान उतारे पनि पीएसजीले बराबरीको नतिजा निकाल्न सकेन।

लिग १ को दोस्रो स्थानमा रहेको मार्सेलीले पछिल्लो पटक सन् १९८८–८९ मा फ्रेन्च कप जितेको थियो। 

यी दुई टोली आगामी फेब्रुअरी २७ मा पुनः आमनेसामने हुनेछन्। 

लिग १ मा पीएसजी २२ खेलबाट ५४ अंक  जोड्दै तालिकाको शीर्ष स्थानमा छ। समान खेलबाट मार्सेलीले भने ४६ अंक जोड्दै दोस्रो स्थानमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .