साफ यू २० महिला च्याम्पियनसिपको फाइनलमा बंगलादेशसँग नेपाल २–० ले पछि परेको छ।
ढाकास्थित वीर श्रेष्ठ सिपाही मुस्तफा कमल स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा नेपाल २–० ले पछि परेको हो।
खेलको ४२ औँ मिनेटमा बंगलादेशकी सहिदा अख्तर रिपाको गोलमा नेपाल १–० ले पछि परेको थियो।
पहिलो हाफको इन्जुरी समयमा बंगालदेशकी कप्तान सम्सुनाहार जुनियरले किपर बिट भएको अवस्थाको फाइदा उठाउँदै अग्रता दोब्बर पारिन्।
राउण्ड रोविनको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग ३–१ ले हारेको थियो।
नेपाल सन् २०१८ को उपविजेता टोली हो। बंगलादेश भने सन् २०१८ र २०२१ च्याम्पियन टोली हो।
222
Shares
प्रतिक्रिया