नेपालमा गाडीका पार्टपुर्जाको अवैध व्यवसाय बढेको भन्दै प्रशासनलाई ज्ञापनपत्र बुझाइएको छ।
नेपाल अटो मेकानिक्स व्यवसायी महासंघ र बुटवल अटो इन्जिनियरिङ्ग एसोसिएसनले संयुक्त रुपमा जिल्ला प्रशासन कार्यालय, रुपन्देहीमा ज्ञापनपत्र बुझाएका हुन्।
व्यवसायी र राज्य दुवै पक्ष मारमा परेको कारण यसलाई साझा समस्याको रुपमा लिई सरोकारवाला निकाय, संघसंस्था, भन्सार विभाग तथा प्रहरी प्रशासनको संयुक्त पहलमा अवैध कारोबारलाई निरुत्साहित गर्ने र अवैध कारोवारीहरुलाई कारवाहिको दायरामा ल्यउनुपर्ने कुरा उक्त ज्ञापनपत्रमा जनाइएको छ।
नेपाल र छिमेकी मुलुक भारतको खुल्ला सिमानाको फाइदा उठाउँदै पछिल्लो समय गाडीका पार्टपुर्जाहरुको अवैध ओसारपसार तथा कारोबारमा वृद्धि भएको व्यवसायीको दाबी छ।
33
Shares
प्रतिक्रिया