ad ad

खेल


राष्ट्रिय कराते प्रतियोगिता : आर्मीलाई पहिलो स्वर्ण, पुलिसलाई थप ५ स्वर्ण

राष्ट्रिय कराते प्रतियोगिता : आर्मीलाई पहिलो स्वर्ण, पुलिसलाई थप ५ स्वर्ण

नेपालखबर
माघ २८, २०७९ शनिबार १०:३७, काठमाडौँ

त्रिभुवन आर्मी क्लबले दोस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको दोस्रो दिन पहिलो स्वर्ण पदक जितेको छ। 

ललितपुर सातदोबाटोस्थित कराते एकेडेमी हलमा जारी प्रतियोगिताको दोस्रो दिन शुक्रबार पुलिस क्लबले ५ र नेपाल एपीएफ क्लबले एउटा स्वर्ण पदक थपेको छ।

पहिलो दिन बिहीबार पुलिस क्लबले ३ र एपीएफ क्लबले २ वटा स्वर्ण पदक हात पारेको हो। 

प्रतियोगितामा १२ इभेन्ट्सको छिनोफानो हुँदा पुलिसले सर्वाधिक ८,  एपीएफले ३ र आर्मीले एउटा स्वर्ण पदक जितेको छ।

प्रतियोगिताको अन्तिम दिन ५ वटा स्वर्ण पदकको छिननोफानो हुनेछ। 

प्रतियोगितामा अहिलेसम्म प्रदेशका टोलीले स्वर्ण पदक हात पारेका छैनन्। 

शुक्रबार पुरुष कुमुते ६० केजी तौल समूहमा एपीएफका मीनबहादुर तामाङले स्वर्ण, आर्मीका किर्तन महर्जनले रजत तथा लुम्बिनी प्रदेशका यामबहादुर समाल र गण्डकी प्रदेशका सक्षम लामाले कास्य पदक जिते।  

नेपाल पुलिस क्लबकी सोनी राई महिला कुमुते ६१ केजी तौल समूहमा स्वर्ण, एपीएफका रमिता माझीले रजत तथा आर्मीकी सानुमाया थिङ र मधेश प्रदेशकी खुस्बु खड्काले कास्य पदक हात पारे।

पुलिसका सोनम लामाले पुरुष कुमुते ५५ केजी तौल समूहमा स्वर्ण, एपीएफका सुविन खत्रीले रजत तथा गण्डकीका अंकित गुरुङ र राम बिसीले कास्य पदक जिते।  

महिला ५० केजी तौल समूहमा त्रिभुवन आर्मी क्लबकी मिस्ली श्रेष्ठ स्वर्ण पदक जितिन्। सुदूरपश्चिम प्रदेशकी गरिमा मल्लले रजत, पुलिसकी सविना श्रेष्ठ र बागमती प्रदेशकी सोनु श्रेष्ठले कास्य पदक प्राप्त गरे। 

पुरुष ५० केजी तौल समुहमा पुलिसका साजन मोक्तानले स्वर्ण पदक जिते।  बागमतीका साइमन श्रेष्ठले रजत तथा प्रदेश १ का विशाल राई र आर्मीका विजय रिमालले कास्य पदक प्राप्त गरे ।

पुरुष कुमुते ८४ केजी तौल समूहमा विप्लवलाल श्रेष्ठले स्वर्ण, एपीएफ क्लबका तेन्जिङ शेर्पाले रजत तथा आर्मीका विपिनराज सिंह दर्जी र लुम्बिनी प्रदेशका नारायण गुरुङले कास्य पदक प्राप्त गरे। 

पुलिसकी एरिका गुरङले महिला कुमुते ६८ केजी माथिको तौल समूहमा स्वर्ण पदक जितिन्। आर्मीका विभुषा थापाले रजत तथा रोजिता ढुंगेल र बागमती प्रदेशकी महिमा राईले कास्य पदक प्राप्त गरे। 

गोदावारी नगरपालिकाद्वारा आयोजित कृष्ण प्रसाद भट्टराई खेल महोत्सव–२०७९ अन्तर्गत नेपाल कराते महासंघ जिल्ला प्रमुख डोजो ललितपुरले संचालन गरेको राष्ट्रिय कराते प्रतियोगिता शनिबार सम्म चल्नेछ। 

प्रतियोगिताको च्याम्पियन टोलीले ट्रफि सहित १ लाख र दोस्रो हुने टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .