ad ad

राजनीति


भ्रष्टाचार राज्यविरुद्धको अपराध : राष्ट्रपति भण्डारी

भ्रष्टाचार राज्यविरुद्धको अपराध : राष्ट्रपति भण्डारी

फाइल फाेटाे


नेपालखबर
माघ २८, २०७९ शनिबार १२:२२, काठमाडौँ

राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रष्टाचार राज्यविरुद्धको अपराध भएको बताएकी छन्। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३२औँ स्थापना दिवसका अवसरमा शनिबार आयोििजत कार्यक्रममा राष्ट्रपति भण्डारीले भ्रष्टाचारले देशको समृद्धि र विकासमा बाधा पुग्ने धारणा राखिन्। 

‘भ्रष्टाचार राज्यविरुद्धको अपराध हो। यसले मुलुकको समुद्धि र दिगो विकासको लक्ष्य हासिलमा बाधा पुर्‍याउँछ’, उनले भनिन्। 

यसर्थ भ्रष्टाचार नियन्त्रणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका साधै सरोकारवाला सबै पक्षको भूमिका महत्वपूर्ण हुने उनले बताइन्।  

‘भ्रष्टाचार नियन्त्रणका लागि राज्यको सबैभन्दा प्रभावकारी निकाय आयोग भएकोमा कुनै सन्देश छैन’, राष्ट्रपति भण्डारीले भनिन्, ‘तभ्रष्टाचार नियनत्रण र सुशासन प्रवद्र्धन गर्न आयोगको एकल प्रयासले मात्र सम्भव हुँदैन, त्यसैले सबै सरोकारवाला एकजृुट हुन आवश्यक छ भने यसमा जनप्रतिनिधि र राष्ट्रसेवक कर्मचारीको भूमिका पनि महत्वपूर्ण हुन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .