आइसीसी लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपाल र नामिबियाबीचको खेल जारी छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नामिबियाले ३४ ओभरको समाप्तीमा २ विकेट गुमाएर १४६ रन बनाएर खेलिरहेको छ।
खेलमा नेपालका लागि सन्दीप लामिछाने र सोमपाल कामीले एक-एक विकेट लिए।
लामिछाने ६ महिनापछि खेलमा फर्किएका हुन्। खेलको सुरुवातमा विकेट लिएपछि लामिछाने मैदानमै केहीबेर भावुक भएका थिए। उनी राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत थिए।
टी–२० खेल खेल्न केन्या गएको बेलामा बलात्कार आरोप लागेका लामिछानेविरुद्ध काठमाडौंको प्रहरी वृत्त गौशालामा भदौ २१ गते उनीविरूद्ध जाहेरी परेको थियो।
९९ दिन जेलमा बसेर पुस २९ गते केन्द्रीय कारागारबाट रिहा भएका सन्दीपलाई लगत्तै बन्द प्रशिक्षणमा बोलाइएको थियो।
त्यसपछि आजबाट सुरु भएको त्रिदेशीय सिरिजबाट उनी खेलमा फर्किएका हुन्।
Shares
प्रतिक्रिया