ad ad

खेल


नेपाली महिला टोलीले भारतविरुद्ध मैत्रीपूर्ण खेल खेल्दै

नेपाली महिला टोलीले भारतविरुद्ध मैत्रीपूर्ण खेल खेल्दै

नेपालखबर
फागुन ३, २०७९ बुधबार १२:५९, काठमाडौँ

भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय महिला टोलीले मंगलबार घरेलु टोलीविरुद्ध पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ। 

खेल चेन्नईको जवाहरलाल नेहरु स्टेडियममा राति पौने ८ बजे सुरु हुनेछ। 

गत भदौमा घरेलु मैदानमा भएको साफ च्याम्पियनसिपपछि नेपाल र भारत पहिलो पटक आमनेसामने हुन लागेका हुन्। 

साफ च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले भारतलाई १–० गोल अन्तरले पाखा लगाएको थियो। साफ इतिहासमा पहिलो पटक भारतलाई हराएको नेपाल आजको खेलमा पनि उच्च मनोबलमा उत्रने छ। नेपाल त्यही नतिजालाई निरन्तरता दिने योजनामा छ। 

भारत भने घरेलु मैदानको फाइदा उठाउँदै नेपाललाई पराजित गर्ने योजनामा छ। 

भारतले नेपालसँगको खेललाई ओलम्पिक छनोटको रुपमा लिएको छ। ओलम्पिक छनोट आगामी अप्रिलमा हुनेछ।

नेपालले पनि ओलम्पिक छनोटको पहिलो चरणमा भियतनाम, प्यालेस्टाइन र अफगानिस्तान रहेको समूह 'सी' मा रहेको छ। 

उता भारत भने तुर्केमिनिस्तान र किर्गिस्तान रहेको समूह जी मा छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .