एल्चेविरुद्ध शानदार जित हासिल गर्दै रियल मड्रिडले स्पेनिस ला लिगामा शीर्ष स्थानको बार्सिलोनासँग अंक दूरी छोट्याएको छ।
रियलले २१ खेलबाट ४८ अंक जोडेको छ। शीर्ष स्थानको बार्सिलोनाको समान खेलबाट ५६ अंक छ। त्यति नै खेलबाट रियल सोसिडाडको ४२ अंक छ।
बुधबार राति घरेलु मैदानमा भएको खेलमा रियललले एल्चेलाई ४–० को फराकिलो गोल अन्तरले हराएको हो।
रियललाई जित दिलाउने क्रमम करिम बेन्जेमाले पेनाल्टीमा दुई गोल गरे। मार्को एसेन्सियो र लुका मोड्रिचले एक एक गोल थपे।
खेलको आठौँ मिनेटमा एसेन्सियोको गोलमा रियलले एल्चेविरुद्ध अग्रता बनाएको थियो। खेलको ३१औँ मिनेटमा बेन्जेमाले पेनाल्टीमा गोल गर्दै अग्रता दोब्बर पारे।
बेन्जेमाले नै पहिलो हाफको अतिरिक्त समयमा पेनाल्टीमा नै गोल गर्दै रियललाई ३–० को अग्रता दिलाएका थिए। खेलको ८०औँ मिनेटमा मोेड्रिचले गोल थप्दै अग्रता फराकिलो पारे।
Shares
प्रतिक्रिया