ad ad

खेल


स्कटल्यान्डविरुद्ध कुशल मल्लले लिए २ विकेट

स्कटल्यान्डविरुद्ध कुशल मल्लले लिए २ विकेट

नेपालखबर
फागुन ५, २०७९ शुक्रबार ९:५६, काठमाडौँ

कुशल मल्लले दुई विकेट लिएपछि आइसीसी विश्वकप एक दिवसीय लिग २ त्रिकोणात्मक सिरिज अन्तर्गत स्कटल्यान्डसँगको खेलमा नेपालले मध्यम सुरुवात गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको स्कटल्यान्डले १२ ओभरको समाप्तीमा २ विकेटको क्षतिमा ५१ रन बनाएर खेलिरहेको छ। 

कुशल मल्लले २ विकेट लिए। 

कुशलले ओपनर क्रिस्टोफर म्याकब्राइड र कप्तान रिची बेरिङटनलाई पवेलियन फर्काए। 
क्रिस्टोफर २२ र रिची १९ रन बनाउँदा पवेलियन फर्के।

२५ बलको सामना गरेका रिचीले २ चाौका र १ छक्का हान्दै कुशल मल्लको बलमा आउट भए। क्रिस्टोफर २२ रनमा आउट भए। 

थोमस म्याकिन्टस १० र म्याथु क्रस शुन्य रनमा क्रिजमा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .