आइसीसी विश्वकप एक दिवसीय त्रिकोणात्मक सिरिजमा स्टकल्यान्डविरुद्ध नेपालले कसिलो फिल्डिङ गरिरहेको छ।
किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको स्कटल्यान्डले २८ ओभरको समाप्तीमा ६ विकेट गुमाएर १ सय २५ रन बनाएर खेलिरहेको छ।
नेपालका स्पिनर सन्दीपल लामिछाने एक्लैले ३ विकेट लिए। कुशल मल्लले २ तथा कुशल भुर्तेलले १ विकेट लिए।
सन्दीपले ७ ओभर बलिङ गर्दा ३ विकेट लिए। कुशल मल्लले ६ ओभरमा १ मेडन राख्दै २ विकेट लिए।
स्कटल्यानडका ओपनर क्रिस्टोफर म्याकब्राइड २२ रन बनाउँदा कुशल मल्लको बलमा क्याच आउट भए। २९ बलको सामना गरेका उनले ३ चौका हाने। कप्तान रिची बेरिङटन २५ बलमा २ चौका र १ छक्का हान्दै १९ रनमा कुशल मल्लको बलमा आउट भए।
थोमस म्याकिन्टोस १९ र म्याथु क्रस २ रनमा सन्दीप लामिछानेको बलमा एलबीडब्लु धरापमा परे।
ब्रान्डोन म्याकमुलर २२ रन जोड्दा सन्दीपको बलमा क्याच आउट भए। २६ बलको सामना गरेका उनले १ छक्का हाने। क्रिस ग्रेभ्स १६ रन जोड्दा कुशल भुर्तेलको बलमा विकेट किपर आशिफ शेखको हातबाट आउट भए।
Shares
प्रतिक्रिया