माइकल लिस्कको शतक मद्दतमा आइसीसी विश्वकप एक दिवसीय त्रिकोणाात्मक सिरिजमा स्कटल्यान्डले नेपालसामु २ सय ७५ रनको लक्ष्य प्रस्तुत गरेको छ। ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय रनको योगफल तयार पारेको हो।
सातौँ विकेटका लागि माइकल लिस्क र ज्याक जेभिसले ८१ रनको साझेदारी गरेपछि नेपालले विशाल योगफल तयार पारेको थियो।
करियरको पहिलो शतक हान्ने क्रममा माइकलले ७९ बलमा ३ चौका र ९ छक्का हान्दै शतक पूरा गरे। माइकल १०७ रनमा नटआउट रहे। माइकलले ८५ बलमा ३ चौका र ९ छक्का प्रहार गरे।
२४.२ ओभरमा नेपाल १११–६ को अवस्थामा रहेको नेपालले सातौँ विकेटका लागि ८५ रन खर्चेको थियो।
स्कटल्यान्डका ओपनर क्रिस्टोफर म्याकब्राइड २२ रन बनाउँदा कुशल मल्लको बलमा क्याच आउट भए। २९ बलको सामना गरेका उनले ३ चौका हाने। कप्तान रिची बेरिङटन २५ बलमा २ चौका र १ छक्का हान्दै १९ रनमा कुशल मल्लको बलमा आउट भए।
थोमस म्याकिन्टोस १९ र म्याथु क्रस २ रनमा सन्दीप लामिछानेको बलमा एलबीडब्लु धरापमा परे।
ब्रान्डोन म्याकमुलर २२ रन जोड्दा सन्दीपको बलमा क्याच आउट भए। २६ बलको सामना गरेका उनले १ छक्का हाने। क्रिस ग्रेभ्स १६ रन जोड्दा कुशल भुर्तेलको बलमा विकेट किपर आशिफ शेखको हातबाट आउट भए।
ज्याक जर्भिस २६ रनमा दिपेन्द्र सिंह ऐरिको बलमा बोल्ड आउट भए। मार्क वाट २० रनमा रन आउट भए। क्रिस सोले ५ रनमा क्याच आउट भए।
नेपालका स्पिनर सन्दीपल लामिछाने एक्लैले ३ विकेट लिए। कुशल मल्लले २ विकेट झारे। कुशल भुर्तेल, सोमपाल कामी, दिपेन्द्र सिंह ऐरिले समान १ विकेट लिए।
सन्दीपले आफ्नो स्पेलमा २७ रन खर्चे। कुशल मल्लले ९ ओभरमा १ मेडन राखे। नेपालका लागि करण केसी घातक सावित भए। करणले ९ ओभरमा १ मेडन राख्दै ६८ रन खर्चे।
सोमपाल कामीले ९ ओभरमा १ मेडन राख्दै ५२ रन दिए।
Shares
प्रतिक्रिया