नेपाली टोलीले घरेलु मैदानमा दोस्रो जित निकालेको छ। बलियो प्रतिद्वन्द्वी स्कटल्यान्डलाई ३ विकेटले हराएको छ।
पहिलो खेलमा नामिबियालाई हराएको नेपालले दोस्रो खेलमा पनि जित दर्ता गराएको छ।
दोस्रो जितमा पनि बलिङ र ब्याटिङ दुवैमा नेपाली खेलाडीहरुले सुधारिएको र उत्कृष्ट प्रदर्शन गरे।
स्कटल्यान्ड, नेपाल र नामिबियाबीचको त्रिदेशीय शृंखलामा लगातार दोस्रो जित निकालेपछि नेपाली टोली उत्साहित भएको छ।
दीपेन्द्र सिंह ऐरी र कुशल मल्लको विस्फोटक ब्याटिङमा नेपालले एक दिवसीय त्रिकोणात्मक सिरिजमा लगातार दोस्रो जित निकालेको हो।
यसअघि नेपालले घरेलु मैदानमा नामिबियालाई २ विकेटले पराजित गरेको थियो।
स्कटल्यान्डले दिएको २७५ रनको लक्ष्य नेपालले १८ बलअगावै ७ विकेट गुमाएर भेट्टायो।
492
Shares
प्रतिक्रिया