सप्तरीमा शुक्रबार दिउँसो एक महिलाले आत्मदाह गरेकी छन्।
तिलाठी कोइलाडी गाउँपालिका ४ तेलियारी टोलकी ४० वर्षीया राजुदेवी साहले शुक्रबार दिउँसो ३ बजेतिर आत्मदाह गरेको सप्तरी प्रहरीले जानकारी दिएको छ।
उनले घरमा कोही नभएको समयमा शौचालयभित्र पसेर आफ्नो जिउमा आगो लगाएकी हुन्।
स्थानीयले खबर गरेपछि प्रहरीचौकी बरसाइनबाट प्रहरी नायव निरीक्षक र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको कमाण्डमा टोली पुगेको थियो।
श्रीमान् राजकुमार साह लगायत घरमा नभएको अवस्थामा घटना भएको बताइएको छ।।
अहिले घटनाको मुचुल्का गरेर शव पोष्टमार्टमका लागि गजेन्द्र नारायण सिंह अस्पतालत लगिएको छ। घटनाको सम्बन्धमा थप अनुसन्धान पनि भइरहेको सप्तरीका डीएसपी नरेशकुमार सिंहले जानकारी दिए।
138
Shares
प्रतिक्रिया