ad ad

खेल


नामिबियाविरुद्ध टस जित्दै नेपालले फेरि फिल्डिङ नै रोज्यो

नामिबियाविरुद्ध टस जित्दै नेपालले फेरि फिल्डिङ नै रोज्यो

नेपालखबर
फागुन ६, २०७९ शनिबार ८:४१, काठमाडौँ

त्रिदेशीय सिरिजअन्तर्गत नामिबियाविरुद्धको दोस्रो खेलमा पनि नेपालले पहिले फिल्डिङ गर्ने भएको छ।

केही बेरअघि भएको टस जित्दै नेपालले फिल्डिङ रोजेको हो।

यसअघि नामिबियाविरुद्ध मंगलरबार र स्कटल्यान्डविरुद्ध शुक्रबार पनि नेपालले टस जित्दै फिल्डिङ रोजेको थियो। यसअघिका दुवै खेलमा नेपाल विजयी भएको छ। 

पहिलो खेलमा नेपालले नामिबियाले दिएको २८६ रनको लक्ष्य पूरा गरेको थियो भने दोस्रो खेलमा स्कटल्यान्डलाई ३ विकेटले हराएको थियो।

स्कटल्यान्डले नेपाललाई २७५ रनको लक्ष्य प्रस्तुत गरेको थियो। त्रिदेशीय सिरिजमा नामिबिया, नेपाल र स्कटल्यान्डले २/२ खेल खेल्नेछन्। 

अब केही बेरमा नामिबियाले ब्याटिङ सुरु गर्नेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .