ad ad

कारोबार


कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक, ३४५३ जना उत्तीर्ण (सूचीसहित)

कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक, ३४५३ जना उत्तीर्ण (सूचीसहित)

फाइल फाेटाे


नेपालखबर
फागुन ६, २०७९ शनिबार ९:०, काठमाडौँ

कृषि तथा पशुपालन क्षेत्रतर्फ कोरियन भाषा परीक्षाको नतिजा प्रकाशन गरिएको छ। 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार विभागअन्तर्गत ईपीएस कोरिया शाखाका अनुसार उक्त परीक्षामा ३ हजार ४ सय ५३ जना उत्तीर्ण भएका छन्। 

नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र गणतन्त्र कोरिया, श्रम तथा रोजगार मन्त्रालयबीच सम्पन्न समझदारी पत्रअनुरूप रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियामा नेपाली कामदार पठाउन गत माघ १८ देखि फागुन ५ गतेसम्म कृषि तथा पशुपालन क्षेत्रतर्फका लागि कोरियन भाषा परीक्षा लिइएको थियो। 

परीक्षामा सहभागी १० हजार ३ सय ९८ जनामध्ये ३ हजार ४ सय ५३ परीक्षार्थी उत्तीर्ण भएका हुन्। 

भाषा परीक्षामा उत्तीर्ण परीक्षार्थीको यही फागुन ८ गते भैँसेपाटीमा सीप परीक्षण हुने ईपीएस शाखाले जानकारी दिएको छ। 

हेर्नुहोस् भाषा परीक्षामा उत्तीर्णको सूची–

नतिजासम्बन्धी सूचना–

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .