ad ad

खेल


नामिबियाविरुद्ध नेपाललाई तेस्रो सफलता

नामिबियाविरुद्ध नेपाललाई तेस्रो सफलता

नेपालखबर
फागुन ६, २०७९ शनिबार १०:५८, काठमाडौँ

आईसीसी विश्वकप एक दिवसीय त्रिकोणात्मक सिरिजमा नामिबियाविरुद्ध नेपाललाई तेस्रो सफलता मिलेको छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नामिबियाले २६ ओभरको समाप्तीमा ३ विकेटको क्षतिमा १०३ रन बनाएर मध्यम प्रदर्शन गरिरहेको छ। 

कप्तान गेहार्ड इरास्मस १४ र जान निकोल लिफ्टी–एटोन शून्य रनमा क्रिजमा छन्। 

ओपनर लो–हान्ड्रे लरेन्स ४१ र कार्ल ब्रिकेनस्टोक २० रनमा पवेलियन फर्के। पहिलो विकेटका लागि कार्ल र लरेन्सले ६४ रनको साझेदारी गरे। माइकल भान लिंगेन २२ रनमा रन आउट भए। 

नेपालका लागि सन्दीप लामिछानेले दुई विकेट झारेका छन्। दीपेन्द्र सिंह ऐरीले एक विकेट लिए।

यसअघि गत मंगलबार पहिलो खेलमा नेपालले नामिबियालाई २ विकेटले हराएको थियो।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .