आइसीसी लिग २ एक दिवसीय त्रिकोणात्मक सिरिज अन्तर्गत नामिबियासँगको खेलमा ओपनर आसिफ शेखले अर्धशतक पूरा गरेका छन्।
आसिफले २० ओभरको अन्तिम बलमा ६ चौका र १ छक्का हान्दै अर्धशतक पूरा गरेका हुन्।
दोस्रो विकेटका लागि आशिफ र ज्ञानेन्द्र मल्लले ९९ रनको साझेदारी गरेका छन्। मल्ल ४६ र आशिफ ५१ रनमा नटआउट छन्।
नामिबियाले दिएको २ सय ७५ रनको लक्ष्य पछ्याएको नेपालले २१ ओभरको समाप्तीमा १ विकेटको क्षतिमा १ सय ८ रन बनाएर खेलिरहेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्ङिङ रोजेपछि ब्याटिङ गरेको नामिबियाले ६ विकेटको क्षतिमा २७४ रनको योगफल तयार पारेको थियो।
42
Shares
प्रतिक्रिया