ad ad

खेल


आसिफ र ज्ञानेन्द्रको कीर्तिमानी साझेदारी

आसिफ र ज्ञानेन्द्रको कीर्तिमानी साझेदारी

तस्बिर : सरोज नेपाल/नेपालखबर


नेपालखबर
फागुन ६, २०७९ शनिबार १५:८, काठमाडौँ

आइसीसी लिग २ विश्वकप एक दिवसीय त्रिकोणात्मक सिरिज अन्तर्गत ओपनर आसिफ शेख र ज्ञानेन्द्र मल्लले किर्तिमानी साझेदारी गरेका छन्। 

आसिफ र ज्ञानेन्द्रले दोस्रो विकेटका लागि १३९ रनको साझेदारी गर्दै नेपालका लागि सर्वाधिक साझेदारी गर्ने किर्तिमान आफ्नो नाममा गरेका हुन्। यो कीर्तिमान कायम गर्ने क्रममा आसिफ ६९ र ज्ञानेन्द्र मल्लले ६५ रनको योगदान दिए। 

नामिबियाले दिएको २७५ रनको लक्ष्य पछ्याएको नेपालले दोस्रो विकेटका लागि १३९ रनको कीर्तिमानी साझेदारी गर्दै नेपाललाई जिततर्फ अघि बढाएका थिए। 

तेस्रो नम्बरमा ब्याटिङमा आएका ज्ञानेन्द्र ७४ बलमा ५ चौका र ३ छक्का हान्दै पवेलियन फर्के। २७ औँ ओभरको पहिलो बलमा बेनार्ड स्कर्टको बलमा क्याच आउट भए। 

यसअघि घरेलु मैदानमा भएको सिरिजको पहिलो खेलमा नामिबियाविरुद्ध नै कप्तान रोहित पौडेल र कुशल भुर्तेल १ सय ३३ रनको साझेदारी गर्दै नेपालका लागि सर्वाधिक साझेदारी गर्ने कीर्तिमान कायम गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .