ad ad

खेल


राजर्षि जनक कपको उपाधि मच्छिन्द्रलाई, जावलाखेल उपविजेता

राजर्षि जनक कपको उपाधि मच्छिन्द्रलाई, जावलाखेल उपविजेता

नेपालखबर
फागुन ७, २०७९ आइतबार १८:१६, सर्लाही

सर्लाहीमा सम्पन्न सातौँ राजर्षि जनक कप फुटबल प्रतियोगिताको उपाधि मच्छिन्द्र फुटबल क्लब काठमाडौंले जितेको छ। 

आइतबार अपरान्ह बागमती नगरपालिकाको कर्मैयास्थित सन्तोष श्रेष्ठ स्मृति खेल मैदानमा भएको खेलमा जावलाखेल युथ क्लबलाई २-१ गोलले पराजित गर्दै मच्छिन्द्रले उपाधि जितेको हो। 

मच्छिन्द्रलाई उपाधि जिताउने क्रममा कप्तान सुजल श्रेष्ठ र विमल घर्ती मगरले १-१ गोल गरे। पराजित जावलाखेलका विनोद केसीले सान्त्वना गोल  गरे।

विजयी भएको मच्छिन्द्रले १० लाख रुपैयाँ प्राप्त गरेको छ। उपविजेता जावलाखेलले ५ लाख रुपैयाँमै चित्त बुझाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .