ad ad

खेल


मकवानपुर गोल्डकप : एपीएफलाई हराउँदै मनाङ मर्स्याङ्दी फाइनलमा

मकवानपुर गोल्डकप : एपीएफलाई हराउँदै मनाङ मर्स्याङ्दी फाइनलमा

नेपालखबर
फागुन ७, २०७९ आइतबार २१:३०, हेटौँडा

हेटौँडामा जारी सहिद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा मनाङ मर्स्याङ्दी क्लब फाइलमा प्रवेश प्रवेश गरेको छ।

हेटौँडा–५, पिप्लेस्थित क्याम्पा रंगशालामा आज भएको पहिलो सेमिफाइनलमा सशस्त्र प्रहरीको एपीएफ क्लबलाई टाइब्रेकरमा ४–२ को गोलअन्तरले मनाङले पराजित गरेको हो।

खेलको ३३ औँ मिनेटमा एपीएफका कप्तानसमेत रहेका नवीन लामाले वान भर्सेस वानको अवसर मनाङका गोल रक्षक दीप कार्कीले बचाएका थिए। 

३९ औँ मिनेमा उनैले प्रहार गरेको लङ सट बल पोप्टबारमा लागेर बाहिरिएको थियो। मनाङका लागि पनि २८ औँ मिनेटमा रोशन राना मगरको फ्रिकिक बल एपीएफका गोल रक्षक राजु नगरकोटीले बचाएका थिए।

निर्धारित समयमा दुवैतर्फबाट गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा कायम भएको थियो। जहाँ मनाङका लागि सरोज योञ्जन लामा, सैजामोल हेडविनसन,विसन गुरुङ र आशीष गुरुङले गोल गरे।

मनाङले भोलि हुने दोस्रो सेमिफाइनल खेलको विजेतासँग फाइनल खेल खेल्नेछ। भोलि एभिनियर एफसी क्यामरुन र हिमालयन शेर्पाबीच दोस्रो सेमिफाइनल खेल हुँदै छ। 

आजको खेलमा एपीएफका गोलरक्षक दीप कार्की म्यान अफ दी म्याच घोषित भए। उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे।

यही फाल्गुन १ गतेबाट सुरु भएको गोल्डकप आजदेखि सेमिफाइनलको खेल सुरु भएको हो।

प्रतियोगिताको उपाधि विजेताले १५ लाख रुपैयाँ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् भने प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्।

त्यस्तै, विधागत उत्कृष्ट खेलाडीहरूले २५–२५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .