ad ad

खेल


फ्रेन्च लिगमा पीएसजीको शानदार जित

फ्रेन्च लिगमा पीएसजीको शानदार जित

नेपालखबर
फागुन ८, २०७९ सोमबार ९:२६, काठमाडौँ

फ्रेन्च लिग १ मा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले शानदार जित निकालेको छ। पीएसजीका मुख्य तिन फरवार्डले गोल गरेपछि पाहुना टोली लिल ४–३ ले पराजित भयो। 

पीएसजीको घरेलु मैदान पार्क डेस प्रिन्सेसमा आइतबार राति भएको खेलमा एमबाप्पेले दुई तथा नेयमार र लियोनल मेस्सीले एक एक गोल गरे। लिलका लागि बाफोड डियाकिट, जोनाथन डेभिड र जोनाथन बाम्वाले गोल फर्काएका थिए। 

खेलको ११औं मिनेटमा नेयमारको पासमा एमबाप्पेले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। खेलको १७औं मिनेटमा नेयमारले पीएसजीको अग्रता दोब्बर पारे। 

खेलको २४ औं मिनेटमा बाफोड डियाकिटले गोल गर्दै खेललाई लिललाई खेलमा फर्काएका थिए। ५८औं मिनेटमा जोनाथन डेभिडले पेनाल्टीमा गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए। 

खेलको ६९ औँ मिनेटमा जोनाथनले गोल गर्दै खेललाई ३–२ को अवस्थामा ल्याए। 

तर खेलको ८७औं मिनेटमा एमबाप्पेले व्यत्तिगत दोस्रो गोल गर्दै पीएसजीलाई रोमाञ्चक ३–३ को बराबरीमा ल्याए। इन्ज्युरी समयमा मेस्सीले रोमाञ्चक गोल गर्दै टोलीलाई ४–३ को जित दिलाए। 
जितसँगै शीर्षस्थानको पीएसजीको २४ खेलबाट ५७ अंक जोडेको छ। 

गएराति नै भएको अर्को खेलमा मोनाकोले ब्रस्टलाई २–१, लोरियन्टले अजासियोलाई ३–०, रेनेसले क्मिोन्टलाई १–०, मोन्टीपिलरले ट्रोयसलाई १–०, लेन्सले नान्टेसलाई ३–१ ले तथा मार्सेलीले टोउलोसलाई ३–२ ले हराए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .