ad ad

खेल


केपी ओली कपको ट्रफी सार्वजनिक, विजेताले १० लाख पाउने

केपी ओली कपको ट्रफी सार्वजनिक, विजेताले १० लाख पाउने

नेपालखबर
फागुन ९, २०७९ मंगलबार १४:२३, काठमाडौँ

बिहीबारबाट सुरु हुने केपी ओली कप फुटबल प्रतियोगिताको ट्रफी अनावरण गरिएको छ।

आयोजकले मंगलबार ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको ट्रफी सार्वजनिक गरेको हो। 

प्रतियोगिताको उद्घाटन खेलमा नेपाल पुलिस क्लब र सातदोबाटो युथ क्लब भिड्नेछन्। 

प्रतियोगिताको दोस्रो दिन शुक्रबार दुई खेल हुनेछ। पहिलो खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र एनआरटी भिड्नेछन्। सो खेल बिहान ११ः०० बजे हुनेछ। सोही दिन मछिन्द्र फुटबल क्लब र चर्च ब्वाइज युनाइटेड खेल्नेछन्।

सो खेल दिउँसो ३ बजे हुनेछ। फागुन १३ गते शनिबार केपी ओली एफसी र जावलाखेल खेल्नेछन्। 

आइतबार प्रतियोगिताको पहिलो सेमिफाइनलमा सातदोबाटो र पुलिसबीचको खेलको विजेता तथा आमी र एनआरटीको विजेता भिड्नेछन्। 

दोस्रो सेमिफाइनलमा चर्च ब्वाइज र मछिन्द्रको विजेता टोली तथा केपी ओी एफसी र जावलाखेलको विजेता भिड्नेछन्। फाइनल खेल फागुन १७ गते बुधबार दशरथ रंगशालामा हुनेछ। 

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ लाख रुपैयाँ प्राप्त गर्नेछन्। 

विभागततर्फ उदियमान खेलाडी, सर्वाधिक गोलकर्ता, र उत्कृष्ट गोलरक्षकले समान ५० हजार रुपैयाँ पाउनेछन्। हरेक खेलको म्यान अफ दी म्याचले १५ हजार प्राप्त गर्नेछन्। 

प्रतियोगिताको उपाधि विजेताले १० लाख तथा उपविजेताले ५ लाख रुपैयाँ पाउनेछन्। हरेक खेलको विजेताले २५ हजार रुपैयाँ पाउनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .