आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिज अन्तर्गत घरेलु मैदानमा जारी खेलमा लगातार विकेट पतनपछि नेपाल संकटमा परेको छ।
स्कटल्यान्डले दिएको २१३ रनको सामान्य लक्ष्य पछ्याएको घरेलु टोली २६।४ ओभरमा ११४ रन बनाउँदा ७ विकेट गुमाइसकेको छ।
२८ ओभरको समाप्तीमा नेपालले १२१ रन बनाएको छ। अहिले क्रिजमा कप्तान रोहित पौडेल ४७ र सन्दीप लामिछाने १ रनमा नटआउट छन्। कप्तान रोहितले नेपालको इनिङ्स सम्हालिरहेका छन्।
ज्ञानेन्द्र मल्ल २१, कुशल मल्ल १७ र आशिफ शेख १२ रनमा आउट भए।
स्कटल्यान्डको मार्क वाटले ३, क्रिस ग्रेभ्सले २ विकेट लिए। माइकल लिस्क र ब्रानडोनम्यामुलेनले एक एक विकेट लिए।
60
Shares
प्रतिक्रिया