ad ad

खेल


लिभरपुलविरुद्ध रियल मड्रिडको रोमाञ्चक जित, क्वार्टरफाइनल पुग्ने सम्भावना बलियो

लिभरपुलविरुद्ध रियल मड्रिडको रोमाञ्चक जित, क्वार्टरफाइनल पुग्ने सम्भावना बलियो

नेपालखबर
फागुन १०, २०७९ बुधबार ८:१३, काठमाडौँ

यूईएफए च्याम्पियन्स लिगअन्तर्गत प्रि-क्वार्टरफाइनलको पहिलो लेगमा रियल मड्रिडले लिभरपुलविरुद्ध रोमाञ्चक जित हासिल गरेको छ।

मंगलबार राति भएको खेलमा रियलले २–० ले पछि परेको स्थिति उल्ट्याउँदै लिभरपुललाई ५–२ गोल अन्तरले हराएको हो। रियलको जितमा भिनिसियस जुनियर र कप्तान करिम बेन्जेमाले समान २ गोल गर्दा एडर मिलिसाओले एक गोल थपे। लिभरपुलका डार्विन नुनेज र मोहम्मद सलाहको गोल सान्त्वना बन्न पुग्यो। 

खेलको चौथो मिनेटमा नै डार्विन नुनेजको गोलमा घरेलु टोली लिभरपुलले सुरुवाती अग्रता लिएको थियो। १४औँ मिनेटमा मोहम्मद सलाहले गोल गर्दै खेलको सुरुवातमा नै लिभरपुललाई आरामदायी अग्रता दिलाएका थिए। 

खेलको १४ मिनेटमा २–० को स्थितिमा रहेको लिभरपुल खेलमा सम्हालिन सकेन। खेलको २१औँ मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए। खेलको ३६औँ मिनेटमा भिनिसियसले नै गोल गर्दै रियललाई बराबरीमा ल्याए। 

खेलको ४७औँ मिनेटमा मिलिसाओले गोल गर्दै घरेलु टोली लिभरपुललाई ३–२ ले पछि पारे। ५५औँ मिनेटमा कप्तान बेन्जेमाले गोल गर्दै रियललाई घरेलु टोलीविरुद्ध ४–२ को अग्रता दिलाए। 

६७औँ मिनेटमा बेन्जेमाले टोलीको लागि पाँचौँ गोल गर्दै रियललाई रोमाञ्चक जिततर्फ अघि बढाए। त्यसपछि खेलमा फर्कन नसकेको लिभरपुलले सुरुवाती अग्रता जोगाउन नसक्दा हार भोग्यो। 

यो जितसँगै रियलले क्वार्टरफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ। अर्को लेगमा रियललाई फराकिलो अन्तरले हराउन सके लिभरपुल अर्को चरणमा पुग्नेछ। दोस्रो लेग रियलको घरेलु मैदानमा १५ मार्चमा हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .