आईसीसी यू १९ विश्वकप एसिया क्षेत्र छनोट खेल्न नेपाली क्रिकेट टोली युएई प्रस्थान गरेको छ।
नेपाली टोलीलाई बुधबार बिहान नेपाल क्रिकेट संघ (क्यान) र राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले बिदाइ गरेको थियो। टोलीलाई क्यानका अध्यक्ष चतुरबहादुर चन्द र राखेप सदस्य टंकलाल घिसिङले एक कार्यक्रमका बीच बिदाइ गरेका हुन्।
बिदाइ कार्यक्रममा टोलीका मुख्य प्रशिक्षक जगत टमाटाले नेपालको लक्ष्य उपाधि जितेर फर्कने रहेको बताए। टोलीको जिम्मेवारीका लागि क्यानलाई धन्यवाद दिदै टमाटाले झण्डै दुई महिनाको अभ्यासमा धेरै सिकेको बताए।
नेपाली टोलीले १२ गते सिंगापुरसँग पहिलो खेल खेल्नेछ। १३ गते कुवेतसँग तथा १५ हङकङसँग खेल्ने तालिका छ। १६ गते मलेसियासँग तथा १८ गते अन्तिम खेलमा यूएईसँग खेल्नेछ। प्रतियोगिताको शीर्ष स्थानमा रहने टोलीले सन् २०२४ मा श्रीलंकामा हुने यू १९ विश्वकप खेल्न पाउनेछ।
नेपाली यू–१९ टोलीः
आकाश त्रिपाठी, अर्जुन कुमाल, दीपक बोहरा, उत्तम थापामगर (विकेटकिपर), दीपक डुम्रे (विकेटकिपर), दीपेश कँडेल, हेमन्त धामी, दुर्गेश गुप्ता, देव खनाल, सुवास भण्डारी, विशाल विक्रम केसी, आकाश चन्द र मिलन बोहरा
Shares
प्रतिक्रिया