ad ad

खेल


अल्भारो रोड्रिग्वेजको निर्णायक गोलमा रियल हारबाट जोगियो

अल्भारो रोड्रिग्वेजको निर्णायक गोलमा रियल हारबाट जोगियो

नेपालखबर
फागुन १४, २०७९ आइतबार ७:१६, काठमाडौँ

अल्भारो रोड्रिग्वेजको निर्णायक गोलमा रियल मड्रिड स्पेनिस ला लिगामा हारबाट जोगिएको छ। 

शनिबार राति भएको मड्रिड डर्बीमा १० खेलाडीमा सीमित एथलेटिको मड्रिडसँग १–१ गोलको बराबरी गर्दै रियल हारबाट जोगिएको हो। 

घरेलु मैदानमा भएको खेलमा रियलले ८५औँ मिनेटमा गोल फर्काउँदै बराबरी गर्न सफल भयो।

खेलको ८५मिनेटमा अल्भारोले लुका मोड्रिचको हेडर पासमा बललाई पोस्टको गति दिएका थिए। 

खेलको ६४औँ मिनेटमा एथलेटिको १० खेलाडीमा सीमित भएपछि दबाबमा परेको थियो। रियलका एन्टेनियो रुडिगरविरुद्ध फउल गरेपछि एन्जल कोरेआ सिधै रातो कार्ड खाँदै मैदान छाडेका थिए। 

१० खेलाडीमा समेटिएको एथलेटिकोले खेलको ७८औँ मिनेटमा जोश जिमिनेजको गोलमा सुरुवाती अग्रता बनाएको थियो। 

बराबरीसँगै रियल शीर्ष स्थानको बार्सिलोनासाग ७ अंकले पछि परेको छ। रियलले २३ खेलबाट ५२ अंक बनाएको छ। एक खेल कम खेलेको बार्सिलोनाको ५९ अंक छ। एट्लेटिको ४२ अंकमा तालिकाको चौथो स्थानमा छ। 

गएराति भएको अन्य खेलमा स्प्यान्योलले मार्लोकालाई २–१ गोल अन्तरले हराएको छ। क्याडिजले रायो भालेकानो र भ्यालेन्सियाले रियल सोसिडाडलाई समान १–० गोल अन्तरले हराए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .