जुनियर फिपोको निर्णायक गोलमा साउथहेम्प्टनविरुद्ध महत्त्वपूर्ण जित हासिल गर्दै लिड्सले प्रिमियर लिगको रेलिगेसन क्षेत्र छाडेको छ।
शनिबार राति भएको खेलमा लिड्सले पुछारको क्लब साउथ हेप्टनलाई १–० गोल अन्तरले हराउँदै रेलिगेसन क्षेत्र छाडेको हो।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमो दोस्रो हाफमा लिड्सले अग्रता बनाएको थियो।
खेलको ७७औँ मिनेटमा ह्यारिसनको पासमा फिपोले गोल गर्दै टोलीलाई नोभेम्बर ६ पछि पहिलो जित दिलाए।
रेलिगेसन जोड छाड्न संर्घष गरिरहेको लिड्का लागि जाभि ग्रासियाले टोली सम्हालेपछिको पहिलो जित हो।
जितसँगै २४ खेलबाट २२ अंक बनाएको लिड्स १७औँ स्थानमा छ। समान खेलबाट १८ अंक भएको साउथहेम्प्टन तालिकाको पुछारमा छ।
18
Shares
प्रतिक्रिया