पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोको ह्याट्रिकमा अल नासारले साउदी प्रो-लिगमा शानदार जित दर्ता गरेको छ।
शनिबार राति भएको खेलमा डेम्याकलाई ३–० गोल अन्तरले हराउँदै अल नासार साउदी प्रो लिगको अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो।
खेलको १८औँ मिनेटमा पेनाल्टीमा गोल गर्दै रोनाल्डोले अल नासारलाई सुरुवाती अग्रता दिलाएका थिए। डेम्याकका कप्तान इब्राहिम अल नखलीले पेनाल्टी एरियामा ह्याण्ड गरेपछि अल नासारले पेनाल्टीको अवसर पाएको थियो।
खेलको २३ औँ मिनेटमा व्यक्तीगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर पारे। ४४औँ मिनेटमा रोनाल्डोले गो गर्दै ह्याट्रिक पूरा गरे।
159
Shares
प्रतिक्रिया