ad ad

खेल


मलेसियामा नेपाललाई दिइयो ‘साहसिक खेलमा प्रथम मुलुक’को अवार्ड

मलेसियामा नेपाललाई दिइयो ‘साहसिक खेलमा प्रथम मुलुक’को अवार्ड

नेपालखबर
फागुन १४, २०७९ आइतबार २१:३२, काठमाडौँ

मलेसियामा आरएनए मिडिया ग्रुपले गरेको स्वतन्त्र अध्ययनबाट नेपाल एशियामै साहसिक खेल गतिविधिमा ‘प्रथम मुलुक’ घोषित भएको छ।

आरएनए मिडिया ग्रुपले गरेको अध्ययनबाट प्राकृतिक सम्पदा, जलस्रोत र भौगोलिक विविधतामा सम्पन्न नेपाल साहसिक खेलको सम्भावनाका दृष्ट्रिले एशियाली मुलुकमध्ये ‘शीर्ष दश’ भित्र पर्दै प्रथम मुलुक घोषित भएको हो।

मलेशियाको राजधानी क्वालालम्पुरमा आयोजित समारोहमा मलेसियाका लागि नेपाली राजदुत डिल्लीराज पौडेलले अवार्ड ग्रहण गर्दै साहसिक खेलका लागि नेपालमा उपयुक्त स्थानहरु र अनुकुल मौसम रहेको बताए।

साहसिक खेलका लागि आवश्यक पर्ने पूर्वाधारहरु प्राकृतिक रूपमै बनेको चर्चा गर्दै उनले मौलिक कला, संस्कृति र सम्पदामा पनि नेपाल पर्यटनको प्रशस्त सम्भावना बोकेको मुलुक रहेको बताए।

समारोहमा सञ्चारकर्मी, चलचित्र निर्माता, पर्यटन व्यवसायी, साहसिक खेलाडीहरुको सहभागिता थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .