काराबाओ कपको उपाधि उचाल्दै म्यानचेष्टर युनाइटेडले ६ वर्षपछि उपाधिको खडेरी तोडेको छ।
आइतबार राति वेम्बेलीमा भएको फाइललनमा न्यूक्यासल युनाइटेडलाई २–० गोल अन्तरले पराजित गर्दै युनाइटेडले सन् २०१७ पछि पहिलो उपाधि उचालेको छ।
युनाइटेडले ६ वर्ष अघि जोसे मोरिन्होको नेतृत्वमा युरोपा लिगको उपाधि उचालेको थियो।
खेलमा ६ मिनेटभित्र २ गोल गर्दै युनाइटेडले उपाधि यात्राको सुरुवात गरेको थियो।
खेलको ३३औँ मिनेटमा ल्युक शाको फ्रिकीकमा कासेमिरोले हेडर प्रहार गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिएका थिए।
खेलको ३९औँ मिनेटमा रासफोर्डले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे। खेलको दोस्रो हाफमा न्युक्यासलले राम्रो खेल प्रस्तुत गरे पनि गोल गर्न भने सकेन।
39
Shares
प्रतिक्रिया