आईसिसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले आज सोमबार हङकङसँग खेल्दैछ।
युएईको मलेक क्रिकेट ग्राउन्ड एकमा हुने खेल पौने ११ बजे सुरु हुनेछ।
नेपाली युवा टोली लगातार तेस्रो जितको खोजीमा मैदान उत्रनेछन्।
नेपालले पहिलो खेलमा सिंगापुरलाई ९६ तथा कुवेतलाई २ सय ४३ रनको विशाल अन्तरले हराएको थियो।
६ टोली सहभागी प्रतियोगिताको शीर्ष स्थानमा रहने टोलीले अर्को वर्ष श्रीलंकामा हुने यू १९ विश्वकपमा स्थान बनाउनेछ।
नेपाल र युएईको समान ४ अंक भएपनि नेटरनरेटमा पछि पर्दै नेपाल दोस्रो र युएई शीर्ष स्थानमा छ।
प्रतियोगितामा नेपाल, हङकङ, मलेसिया, सिंगापुर, युएई र कुवेत सहभागी छन्।
36
Shares
प्रतिक्रिया