आईसीसी लिग २ एक दिवसीय त्रिकोणात्मक सिरिजमा नेपालले पपुवा न्यु गिनीविरुद्ध टस जितेर फिल्डिङ रोजेको छ।
दुवइको दुवई इन्टरनेशनल क्रिकेट स्टेडिययमा नेपालले फिल्डिङ रोजेपछि पपुवा न्यु गिनीले पहिले ब्याटिङ गर्ने भएको छ।
नेपालको कप्तानी रोहित पौडेलले गर्नेछ्न। पपुवा न्युगिनीको कमानी असाद भालाले सम्हाल्नेछन्। पपुवा न्यु गिनी विरुद्धको खेलबाट प्रतिश जिसीले सिनियर टोलीमा डेब्यु गर्दैछन्।
लिग २ अन्तर्गत घरेलु मैदानमा भएको स्कटल्यान्ड र नामिबिया सम्मिलिग त्रिकोणात्मक सिरिजमा कीर्तिमानी क्लीन स्वीप गरेको नेपाली टोली उच्च मनोबलमा मैदान उत्रनेछ। पछिल्ला चार खेलमा अपराजित नेपाल सोही लयलाई निरन्तरता दिने योजनामा हुनेछ।
शीर्ष तीनमा रहँदै सिधै विश्वकप छनोट खेल्न नेपालले ८ मध्य ७ खेल जित्नैपर्ने हुन्छ। ओडिआइ मानयता जोगाउन शीर्ष पाँचमा रहनका लागि कम्तिमा पाँच खेल जिते पुग्छ।
नेपाल २८ खेलमा १२ मा जित र १४ मा हारसहित २६ अंकमा छैटौं स्थानमा छ। पपुवा न्युगिनी २८ खेलमा २ मा जित र २५ मा हारसहित पुछारमा छ।
Shares
प्रतिक्रिया