ad ad

खेल


आईसीसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोटमा नेपालको लगातार तेस्रो जित दर्ता

आईसीसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोटमा नेपालको लगातार तेस्रो जित दर्ता

फाइल फोटाे


नेपालखबर
फागुन १५, २०७९ सोमबार १६:२४, काठमाडौँ

हङकङलाई ९ विकेटको फराकिलो अन्तरले पराजित गर्दै नेपालले आईसीसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोटमा लगातार तेस्रो जित दर्ता गरेको छ। 

सोमबार भएको नेपालले हङकङलाई हराउँदै छनोटको सम्भावना बलियो बनाएको छ। 

हङकङले दिएको १ सय २१ रनको लक्ष्य नेपालले २२.१ ओभरमा १ विकेटको क्षतिमा भेट्टायो। 

दोस्रो विकेटका लागि ओपनर आकाश त्रिपाठी र र उत्तम रञ्जु थापा मगर ९८ रनको साझेदारी गरे। आकाश ६४ र उत्तम ३९ रनमा नटआउट रहे।

आकाशले ७२ बलमा ५ चौका र ४ छक्का हाने। उत्तम ५० बलमा ४ चौका हाने। अर्जुन कुमाल १६ रनमा क्याच आउट भए। 

युएईको मलेक क्रिकेट ग्राउन्ड एकमा टस जितेर ब्याटिङ गरेको हङकङ ४६.३ ओभरमा १ सय २० रन बनाउँदा अल आउट भयो। 

हङकङका पार्थ भावत ३६ र मोहम्मद अलियान जाहिर २९ र आशना त्रिवेदी ११ रनमा आउट भए। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। 

नेपालका हेमन्त धामाीले ३ विकेट लिए। ९ ओभर बलिङ गरेका हेमन्तले ३ मेडन राख्दै ३७ रन खर्चे। आकाश चन्द र सुवास भण्डारीले समान २ विकेट लिए। दिपेश कँडेलले १ विकेट आफ्नो नाममा गरे। 

नेपालले पहिलो खेलमा सिंगापुरलाई ९६ तथा कुवेतलाई २ सय ४३ रनको विशाल अन्तरले हराएको थियो। 

६ टोली सहभागी प्रतियोगिताको शीर्ष स्थानमा रहने टोलीले अर्को वर्ष श्रीलंकामा हुने यू १९ विश्वकपमा स्थान बनाउनेछ। प्रतियोगितामा नेपाल, हङकङ, मलेसिया, सिंगापुर, युएई र कुवेत सहभागी छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .