आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिज अन्तर्गत युएई भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले पपुवा न्यु गिनीविरुद्ध ४ विकेटको जित निकालेको छ।
सिरिजको पहिलो खेलमा नेपालले पीएनजीलाई छ विकेटले हराउँदै सिरिजमा विजयी सुरुवात गरेको छ।
पीएनजीले दिएको २०४ रनको लक्ष्य नेपालले ४२.२ ओभरमा ६ विकेटको क्षतिमा भेट्टायो।
पहिलो विकेटका लागि ओपनर कुशल भुर्तेल र आशिफ शेखले ७६ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका दिलाएका थिए।
३९ बलको सामना गरेका आशिफले ५ चौका हान्दै ४४ रनमा रनआउट भए।
कुशल भुर्तेल ५६ रन बनाउँदा क्याच आउट भए। ६९ बलमा कुशलले ५ चौका हाने। ज्ञानेन्द्र मल्ल ४ रनमा बोल्ड आउट भए। आरिफ शेख ३८ र कप्तान रोहित पौडेल २० रनमा पवेलियन फर्के। दिपेन्द्र सिंह ऐरिले १८ रन थपे।
पीएनजीका असद भालाले ३ विकेट लिए। कुशल मल्ल १२ र सोमपाल कामी ५ रनमा नटआउट रहे।
त्यसअघि दुवईको इन्टरनेशनल क्रिकेट स्टेडियममा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको पीएनजीले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २०३ रनको योगफल तयार पारेको थियो।
नेपालका गुलसन झा एक्लैले तिन विकेट लिए। ९ ओभर बलिङ गरेको उनले २८ रन दिए।
कुशल मल्लले २ विकेट झारे। सोमपाल कामी, करण केसी र प्रतिश जिसीको नाममा एक एक विकेट रह्यो।
पीएनजीका लागि कप्तान असाद भाला र चाड सोपरले समा ३६ रन बनाए। सेसे बाउ ३१ रनमा पवेलियन फर्के। किप्लीन डोरिगाले २९ र नोरमान भाउवाले २५ रन थपे। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।
Shares
प्रतिक्रिया