खेल


सन्दीपलाई यूएई पठाउन क्यानले थाल्यो प्रक्रिया

राष्ट्रिय टोलीमा नाम थप्न आइसीसीलाई पत्र
सन्दीपलाई यूएई पठाउन क्यानले थाल्यो प्रक्रिया

फाइल तस्बिर


नेपालखबर
फागुन १६, २०७९ मंगलबार १२:२६, काठमाडौँ

नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेटर सन्दीप लामिछानेलाई यूएई पठाउने प्रक्रिया सुरु गरेको छ। 

क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले सन्दीपलाई यूएईमा जारी आइसीसी विश्वकप लिग २ अन्तर्गत पपुवा न्यु गिनी र यूएई सम्मिलित सिरिजका लागि सन्दीपलाई पठाउनका लागि सोमबार देखि नै प्रक्रिया सुरु गरिसकेको बताएका छन्। 

सन्दीपलाई सोमबार सर्वोच्च अदालतले विदेश जानका लागि अनुमति दिएसँगै क्यानले खेलाडी  परिवर्तनका लागि प्रक्रिया सुरु गरेको बताएको हो। 

सन्दीपलाई यूएई सिरिजमा पठाउनका लागि क्यानले सोमबार नै आइसीसीलाई पत्रचार गरेको छ। आइसीसीले अनुमति दिएमा उनलाई यूएई पठाइने सचिव पाठकले बताए।

सन्दीपलाई यूएई पठाउँदा क्यानले एक जना खेलाडीलाई नेपाल फिर्ता बोलाउनुपर्ने हुन्छ। टेक्निकल कमिटीसँग छलफल गरेर सबै प्रक्रिया पूरा भएपछि सन्दीपलाई विदेश पठाइने छ। 

अहिले नै कुन खेलाडीलाई फिर्ता बोलाउने भन्ने विषयमा कुनै छलफल नभए पनि सन्दीपलाई पठाउनका लागि मात्र प्रक्रिया सुरु गरेको पाठकले बताए। 

विदेश भ्रमण गरेर फर्किएको १५ दिनभित्र सन्दीपले अदालतमा उपस्थित हुने गरि सर्वोच्चले सन्दीपलाई विदेश जान अनुमति दिएको हो। 

सन्दीपलाई यूएई लगेर फर्काउने जिम्मा क्यानले नै लिने सचिव पाठकले बताए। सन्दीप हाम्रो खेलाडी हो, हाम्रो खेलाडीको जिम्मा हामी लिन्छौ। 

सन्दीपलाई अमेरिकाबाट क्यानले नै फर्काएको भन्दै सचिव पाठकले उनको भाग्ने कुनै मनसाय नरहेको पनि दावी गरेका छन्। उनले थपे, 'भाग्ने मनसाय भएको भए सन्दीप त्यसबेला नेपाल आउँदै आउने थिएनन् नि!'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .