ad ad

खेल


आईसीसी यू–१९ क्रिकेट : नेपालले पायो ७३ रनको झिनो लक्ष्य

आईसीसी यू–१९ क्रिकेट : नेपालले पायो ७३ रनको झिनो लक्ष्य

नेपालखबर
फागुन १६, २०७९ मंगलबार १३:२, काठमाडौँ

आईसीसी यू १९ विश्वकप एशिया क्षेत्र छनोटको चौथो खेलमा नेपालले जितका लागि ७३ रनको झिनो लक्ष्य पाएको छ। 

यूएईको मलेक क्रिकेट ग्राउण्ड, अजमानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसिया ३५.३ ओभरमा ७२ रन जोड्दा अलआउट भयो। 

मलेसियालाई कम स्कोरमा रोक्न नेपालका दिपेश कँडेल एक्लैले ४ विकेट लिए। १० ओभर बलिङ गरेका दिपेशले ४ मेडन राख्दै ११ रन दिए।

आकाश चन्दले ३ विकेट झारे। ४.३ ओभर बलिङ गरेका आकाशले ९ रन दिए। मिलन बोहोराले २ विकेट लिए। मिलनले ९ ओभरमा ५ मेडन राख्दै ८ रन खर्च गरे। सुवास भण्डारीले १ विकेट आफ्नो नाममा गरे। 

मुहम्मद अक्रम अब्दुल मलेकले बनाएको २६ रन नै मलेसियाका लागि सर्वाधिक रह्यो। मोहम्मद हैरिल हरिसन र मुहम्मद स्याहिर सामयलले समान १२ रन थपे। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। 

नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .