दुबईमा जारी आईसीसी विश्वकप लिग २ क्रिकेट अन्तरगत यूएईविरुद्ध टस जितेर नेपालले फिल्डिङ रोजेको छ। केहीबेरअघि सुरु खेलमा यूएईले ब्याटिङ थालेको छ।
नेपालले यो लगातार छैठौं खेलमा टस जितेको र फिल्डिङ रोजेको हो। यसअघि ५ खेलमा पनि नेपालले टस जितेर पहिले फिल्डिङ नै रोजेको थियो। पाँचै खेलमा नेपाल विजयी भएको थियो।
आजको खेल जित्नै पर्ने दबाबमा दुवै टोली हुनेछन्। विश्वकप छनौटका लागि नेपाल र यूएई दुवैको सम्भावना कायम छ। स्कटल्याण्ड र ओमान छनौट भइसकेका छन्। ३७ अंक जोडेको नामिवियासँगै नेपाल र यूएईमध्ये एक टोली छनौट हुनेछन्।
समान २९ खेलमा नेपालको २८ र यूएईको २९ अंक छ।
आजको टोलीमा एक परिवर्तन गरिएको छ। प्रतिस जिसीको स्थानमा सन्दीप लामिछाने टोलीमा फर्किएका छन्।
18
Shares
प्रतिक्रिया