नेपाल एथलेटिक्स संघको आयोजनामा मंगलबार १६ औं एसियन क्रस कन्ट्री च्याम्पियनसिप हुँदै छ।
च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा संघले जनाएको छ। गोकर्ण गल्फ रिसोर्टमा च्याम्पियनसिप हुनलागेको हो।
च्याम्पियनसिपमा नेपालसहित बंगलादेश, चाइनिज ताइपे, हङकङ, भारत, इरान, जापान, काजकास्तान, माल्दिभ्स, पाकिस्तान र थाइल्यान्ड गरि ११ राष्ट्रका ६५ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
त्यसमा नेपालका सबैभन्दा बढी १९ खेलाडीको सहभागिता रहनेछ। छनोट प्रतियोगिताबाट छानिएका १९ खेलाडीलाई संघले बन्द प्रशिक्षणमा रहेका छन् ।
च्याम्पियनसिपमा सिनियर महिला र पुरुषतर्फ १० किलोमिटर, २० वर्ष मुनिका जुनियर महिलाातर्फ ६ किलोमिटर र २० वर्ष मुनिका जुनियर पुरुषतर्फ ८ किलोमिटर गरि ४ विधामा व्यक्तिगत र टिम इभेन्ट्सहरुमा प्रतिस्पर्धा हुनेछ । नेपालबाट सिनियर महिलामा ४ र बाँकी सबै इभेन्ट्समा समान ५ खेलाडीले च्याम्पियनसिपमा भाग लिनेछन् ।
च्याम्पियनसिपमा राष्ट्रिय खेलकुद परिषद्, बागमती प्रदेश खेलकुद विकास परिषद, कर्णाली खेलकुद विकास परिषद्, काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, कागेश्वरी मनहरा नगरपालिका, गोकर्णेश्वर नगरपालिका, एनटिभी प्लसको सहयोग रहेको छ।
त्यस्तै अन्य सहयोगीमा ग्रान्डी इन्टरनेसनल हस्पिटकल, नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, एनएलजी इन्स्योरेन्स, डाबर नेपाल, एमएडब्लू लाइफ जिप, नेपाल टेलिकम, केल्मी, हाम्रो खेलकुद, क्लासी प्रिन्टर, गोल्ड स्टार, जेट्स ट्राभल्स र गोकर्ण गल्फ रिसोर्ट रहेका छन्।
२२ वर्षपछि संघलाई यो च्याम्पियनसिप आयोजना गर्ने मौका दिएकोमा एसियन एथलेटिक्स एसोसिएसन र एसोसिएसनका अध्यक्ष जेनेरल दालान अ हमादलाई संघका अध्यक्ष राजीव विक्रम शाहले धन्यवाद दिए।
Shares
प्रतिक्रिया