आइसीसी विश्वकप लिग २ त्रिकोणात्मक एक दिवसीय सिरिज अन्तर्गत पपुवा न्यु गिनीसँगको खेलमा नेपालले मध्यम सुरुवात गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पीएनजीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले ६ ओभरको समाप्तीमा विना विकेटको क्षति २८ रन बनाएर खेलिरहेको छ।
ओपनर कुशल भुर्तेल ९ र आशिफ शेख १८ रन बनाएर खेलिरहेका छन्। कुशलले १९ बलमा १ चौका हाने। आशिफले १७ बलमा २ चौका र १ छक्का हाने।
नेपालले आजको खेलमा एक खेलाडी परिवर्तन गरेको छ। तिव्र गतिका बलर प्रतिश जिसीको स्थानमा ब्याटर कुशल भुर्तेललाई खेलाएको छ।
15
Shares
प्रतिक्रिया