आइसीसी विश्वकप लिग २ त्रिकोणात्मक एक दिवसीय सिरिजअन्तर्गत पपुपा न्यु गिनीसँगको खेलमा नेपालको दुई विकेट गुमाएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पीएनजीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले १८.४ ओभरमा ११० रन बनाउँदा पहिलो विकेट गुमाएको हो।
पहिलो विकेटको लागि ओपनर कुशल र आशिफले दोस्रो ठूलो साझेदारी गरेका थिए।
ओपनर कुशल भुर्तेल ४५ रन बनाउँदा १८ औँ ओभरको चौथो बलमा राइली ह्याकुरेको हातबाट क्याच आउट भए।
पहिलो विकेटका लागि कुशल र आशिफ शेखले १०९ रनको साझेदारी गरेका थिए।
कुशलले ४६ बलमा ६ चौका हान्दै क्याच आउट भए। आशिफ शेख ६३ रन बनाएर खेलिरहेका छन्।
त्यसैगरी क्रिजमा आशिफ शेखलाई साथ दिन आएका कुशल मल्ल पनि २ रनमै आउट भएका छन्।
उनी ८ बलमा २ रन बनाउँदा आउट भएका हुन्। अहिले आशिफ शेख ७० रनमा खेलिरहेका छन्। उनलाई साथ दिन आएका ज्ञानेन्द्र मल्ल २ रनमा खेलिरहेका छन्।
Shares
प्रतिक्रिया