ad ad

खेल


एक दिवसीयमा हजार रन पूरा गरेकै दिन आशिफको पहिलो शतक

एक दिवसीयमा हजार रन पूरा गरेकै दिन आशिफको पहिलो शतक

पीएनजीविरुद्ध शतक बनाएपछि आशिफ शेख। तस्बिर : सरोज नेपाल/नेपालखबर


नेपालखबर
फागुन २५, २०७९ बिहिबार ११:४९, काठमाडौँ

एक दिवसीय क्रिकेटतर्फ व्यक्तिगत एक हजार रन पूरा गरेकै दिन नेपाली ब्याटर आशिफ शेखले पपुवा न्युगिनिविरुद्ध खेलमा शतक बनाएका छन्।

शेखले आइसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजअन्तर्गत पपुवा न्यु गिनीविरुद्धको खेलमा शतक पूरा गरेका हुन्। 

ओपनरका रुपमा मैदान आएका उनले १०१ बलको सामना गर्दै शतक बनाएका हुन्।

आशिफले १०१ बलमा १० चौका र २ छक्का हान्दै शतक पूरा गरे। ३५ औं ओभरको अन्तिम लमा शतक पुरा गरेका हुन्।

करिअरको पहिलो शतक हान्ने क्रममा आशिफले सर्वाधिक रन पनि बनाए। यसअघि वन डे क्रिकेटमा बनाएको ९० रन नै आशिफको सर्वाधिक रन थियो। 

आशिफको यो करिअरको चौथो शतक हो। आशिफले यसअघि घरेलु क्रिकेटमा २ शतक हानेका थिए। पीएनजीसँगकै अभ्यास खेलमा उनले एक शतक हानेका थिए।

एक दिवसीय खेलमा नेपालको तर्फबाट शतक हान्ने आशिफ पाँचौँ खेलाडी हुन्। यसअघि पारस खड्का, रोहित पौडेल, दिपेन्द्र सिंह ऐरि र कुशल भुर्तेलले शतक पूरा गरेका थिए। 

पीएनजीसँगको खेलमा नै १ हजार रन पूरा गरेका आशिफ नेपालको तर्फबाट ओडिआइमा १ हजार रन पुरा गर्ने दोस्रो खेलाडी बने।

यसअघि कप्तान रोहित पौडेलले १ हजार रन पूरा गरेका थिए। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पीएनजीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले २५ ओभर ३ विकेटको क्षतिमा १ सय ९० रन बनाएर खेलिरहेको छ। 

पहिलो विकेटका लागि ओपनर आशिफ र कुशलले १८ं४ ओभरमा ११० रनको साझेदारी गरे।

पहिलो विकेटका लागि आशिफ र कुशलले गरेको साझेदारी दोस्रो ठुलो साझेदारी हो। यसअघि कुशल र आशिफले नै पहिलो विकेटका लागि ११४ रनको साझेदारी गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .