सातदोबाटो युथ क्लबले शनिबार भएको सहिद स्मारक 'ए' डिभिजन लिग फुटबल अन्तर्गतको खेलमा फ्रेन्ड्स क्बललाई पराजित गरेको छ।
यससँगै सातदोबाटोले जारी सिजनको ए डिभिजन लिगमा लगातार तेस्रो जित आफ्नो पक्षमा पारेको छ।
दशरथ रंगशालामा भएको खेलमा सातदोबाटोले फ्रेन्ड्स क्लबलाई १-० गोलले हराएको हो।
सातदोबाटोलाई जिताउने क्रममा खेलको इन्जुरी समयमा दीपक राज ठकुरीले निरज चौधरीको पासलाई सदुपयोग गर्दै बललाई जाली चुमाए।
यो जितपछि सातदोबाटो ९ अंकसहित लिगको दोस्रो स्थानमा पुगेको छ। फ्रेन्ड्सले भने लिगमा दोस्रो हार भोगेको छ। उसले एकमा बराबरी गरेर एक अंक बनाएको छ।
फ्रेन्ड्सको यो दोस्रो हार हो । फ्रेन्ड्सले ३ खेलमा १ अंक जोडेको छ ।
66
Shares
प्रतिक्रिया