आइसीसी विश्वकप लिग २ त्रिकोणात्मक एक दिवसीय सिरिजअन्तर्गत घरेलु मैदानमा जारी खेलमा नेपालले यूएईविरुद्ध पहिलो ओभरमै सफलता पाएको छ।
२ सय ४९ रनको लक्ष्यसहित ब्याटिङमा उत्रिएको यूएईका ओपनर भृत्या अरविन्दलाई ललित राजवंशीले बोल्ड आउट गरेका हुन्।
नेपालले दिएको २ सय ४९ रनको लक्ष्य पछ्याएको युएइएले जवाफि ब्याटिङ गरिरहेको छ। पहिलो ओभरको समाप्तिमा आशिफ खान र आर्यन लाक्रा शुन्य रनमा क्रिजमा नटआउट छन्।
त्यसअघि कीर्तिपुरस्थि त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपाल ४९.२ ओभरमा २ सय .४८ रन बनाउँदा अलआउट भएको थियो।
45
Shares
प्रतिक्रिया