आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजअन्तर्गत पीएनजीविरुद्ध जारी खेलमा नेपालले कसिलो बलिङ गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर फिल्डिङ गरेको नेपालले ६.२ ओभरमा २ विकेट लिएको छ। पीएनजीले ६.२ ओभरमा मात्र १७ रन बनाएको छ।
पीएनजी दुवै ओपनरलाई गुमाएपछि दबाबमा आएको छ।
हिरिहिरी १४ रन बनाउँदा सोमपाल कामीको बलमा करण केसीको हातबाट क्याच आउट भए। अर्का अोपनर किपलिन डोरिगा २ रनमा ललित राजवंशीको बलमा बोल्ड आउट भए।
अहिले क्रिजमा सेसे बाउ १ र कप्तान असद भाला शून्य रनमा नटआउट छन्।
39
Shares
प्रतिक्रिया