इर्लिङ हालान्डले म्यानचेस्टर सिटीका लागि एकै सिजनमा सर्वाधिक गोल गर्ने कीर्तिमान आफ्नो नाममा बनाएका छन्।
नर्वेजियन खेलाडी हालान्डले खेलको पहिलो हाफमा ह्याट्रिकसहित ५ गोल गरेपछि सिटी आरबी आइपजिगलाई ७–० को फराकिलो अन्तरले हराउँदै च्याम्पियन्स लिगको अन्तिम ८ मा पुगेको छ।
गत समरमा सिटीमा आएका हालान्डले ३६ खेलमा ३९ गाोल गरेका छन्।
उनले एकै सिजनमा सिटीका लागि सर्वाधिक गोल गर्ने टमी जोन्सनको ९४ वर्षको कीर्तिमान तोडेका हुन्।
खेलपछि हालान्डले भने, ‘मेरो बलियो बल भनेको गोल गर्नु हो। मेरो दिमाग छिटो चल्छ र गोलकिपर नभएको ठाउँमा गोल गर्ने प्रयास गर्छु।’
लाइपजिगविरुद्धको हालान्डको पाँच गोलले च्याम्पियन्स लिगको खेलमा सन् २०१२ मा बायर लेभरकुसेनविरुद्ध बार्सिलोनाका लियोनल मेस्सी र २०१४ मा वेट बोरिसोभविरुद्ध शाख्तर डोनेट्स्ककालागि लुइस एड्रियानोसँग च्याम्पियन्स लिग खेलमा सबैभन्दा धेरै गोल गर्ने कीर्तिमान बराबर गरे।
हालान्ड २५ च्याम्पियन्स लिगमा ३३ गोल गर्दै च्याम्पियन लिगमा सबैभन्दा छिटो गोल गर्ने कान्छा खेलाडी समेत बनेका छन्। च्याम्पियन्स लिगको एकै खेलमा पाँच गोल गर्ने कान्छो खेलाडीको कीर्तिमान पनि हालान्डले आफ्नो नाममा गरेका छन्।
Shares
प्रतिक्रिया